Kathmandu Press

प्रधानसेनापतिको स्पष्टिकरण : अमेरिकालाई पत्र पठाइएको सत्य हो तर सैन्य गठबन्धनका लागि होइन

‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन।’
प्रधानसेनापतिको स्पष्टिकरण : अमेरिकालाई पत्र पठाइएको सत्य हो तर सैन्य गठबन्धनका लागि होइन

काठमाडौं, असार ३ : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई नेपाली सेनाले पत्र लेखेको स्वीकारेका छन् । शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठककमा पत्रका बारेमा जवाफ दिँदै प्रधानसेनापति शर्माले सेनाको तत्कालीन नेतृत्वले अमेरिकालाई पत्र लेखेको विषय सत्य भएको बताएका हुन्। 

उनले अमेरिकालाई सेनाले लेखेको पत्र सैन्य गठबन्धनका लागि भने नभएको प्रष्ट पारेका छन् ।  ‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन,’ उनले भने। 

प्रधानसेनापति शर्माले भूकम्पको समयमा मानवीय सहायताका लागि पत्र लेखिएको बताए । उनले भुकम्पको बेला २७ देशका सैनिक आएको र उनीहरूलाई नै सम्बोधन गरेर लेखेको प्रस्ट्याएका हुन्।  ‘अमेरिकाको एउटा राज्यले नेपालको प्राकृतिक विपदमा मानवीय सहायता ल्याउने हिसाबले लेखिएको पत्र हो । पत्र नेपाल सरकारको परराष्ट्र नीति बिपरित लेखिएको छैन’, सेनाप्रमुख शर्माले भने। 

उनले सैन्य गठबन्धन हुने भन्ने कुराको विरोध समेत गरे ।  ‘नेपाली सेना कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुदैन सेना त्यसको विपक्षमा रहेको छ,’ उनले भने। उनले एसपीपी कार्यक्रमबाट कुनै हतियार, बमबारूद र पैसा नआएको पनि जनाए । ‘मानवीय सहयोगका लागि ४ वटा जहाज मात्र आएको छ’, शर्माको भनाइ छ । 
 
 

प्रकाशित मिति: १०:३० बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्