Kathmandu Press

एसपीपीको च्याप्टर टुंगिसक्यो, अगाडि बढ्दैन : मन्त्री खड्का

नेपाली सेनाको तर्फबाट पनि यसलाई अगाडि नबढाउने भनि विज्ञप्ति आइसकेका कारण थप कोट्याउन आवश्यक नरहेको बताए ।
एसपीपीको च्याप्टर टुंगिसक्यो, अगाडि बढ्दैन : मन्त्री खड्का

काठमाडौं, असार ३ : परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को च्याप्टर टुंगिसकेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री खड्काले प्रधानमन्त्रीले नै एसपीपी अगाडि नबढ्ने भनेपछि यसको च्याप्टर क्लोज भइसकेको बताएका हुन्। 

उनले उक्त सम्झौता नेपाललाई स्वीकार नभएको पनि बताएका छन्। नेपाली सेनाको तर्फबाट पनि यसलाई अगाडि नबढाउने भनि विज्ञप्ति आइसकेका कारण थप कोट्याउन आवश्यक नरहेको बताए । ‘यो टुंगिसकेको विषय हो, मुलुकको हितमा छैन । अब अगाडि बढ्दैन,’ मन्त्री खड्काले भने। 

मन्त्री खड्काले नेपाल कुनैपनि सैन्य गठबन्धनमा सहभागि नहुने पनि प्रष्ट पारेका छन् । गृहमन्त्रीले संसदमा पनि एसपीपी कुनैपनि हातलमा अगाडि नबढ्ने बताइसकेकोले यसलाई धेरै उचाल्न आवश्यक नरहेको उनले बताए। 

 

प्रकाशित मिति: १०:१७ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्