भारतीय रेलकाे ठक्करबाट एक नेपाली युवाको मृत्यु
काठमाडौं, असार ३ : झापाको काकडभिट्टा नजिकैको पश्चिम बंगालस्थित पानीट्यांकीमा भारतीय रेलले ठक्कर दिँदा एक नेपाली युवकको मृत्यु भएको छ। बिहीबार साँझ झापाको मेचीनगर...
काठमाडौं, असार ३ : झापाको काकडभिट्टा नजिकैको पश्चिम बंगालस्थित पानीट्यांकीमा भारतीय रेलले ठक्कर दिँदा एक नेपाली युवकको मृत्यु भएको छ।
बिहीबार साँझ झापाको मेचीनगर नगरपालिका ६ काकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठलाई रेलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। बिहीबार साँझ साढे ७ बजे भारतीय बजारबाट घर फर्किंदै गर्दा रेलको बाटो क्रसिङ गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको हो।
नेपाली युवकको शव अहिले भारतमै छ। घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०८:२४ बजे, शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











