ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारी बेपत्ता
काठमाडौं, असार ३ : ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् ।वर्षासँगै राति करिब साढे...
काठमाडौं, असार ३ : ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् ।
वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् ।
यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताएका छन् । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपाय समेत पुरेको बताइएको छ ।
थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् ।
प्रकाशित मिति: ०७:०३ बजे, शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











