नेपालले एसपीपी नचाहे रद्द गर्न सक्छ : अमेरिकी दूतावास
काठमाडौं, असार २ : स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे चर्को विवाद चलिरहेका बेला अमेरिकाले (एसपीपी) कार्यान्वयन गर्ने कि रद्द गर्ने भन्ने नेपालको बिषय...
काठमाडौं, असार २ : स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे चर्को विवाद चलिरहेका बेला अमेरिकाले (एसपीपी) कार्यान्वयन गर्ने कि रद्द गर्ने भन्ने नेपालको बिषय भएको बताएका छन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख मानुअल मिकलरले पत्रकारहरुसँग कुरा गर्दै कुनै देशले अमेरिकालाई (एसपीपी) मा कार्यक्रममा भाग लिन चाहादैनौं भनेर जानकारी दिन सक्ने प्रष्टाए ।
त्यसैले (एसपीपी) कार्यान्वयन गर्ने कि रद्द गर्ने नेपालको हातमा रहेको समेत उनले उल्लेख गरे । मिकलरले स्टेट पार्टनरशीप कार्यक्रममा आबद्ध भएका करिब ९० मुलुकमध्ये बेलारूसले मात्रै आफ्नो सहभागिता अन्त्य गरेको बताए।
एक प्रेस नोटमार्फत् उनले भने, "कुनै देशले संयुक्त राज्य अमेरिकालाई अब हामी यो कार्यक्रममा भाग लिन चाहँदैनौँ भनेर जानकारी मात्र दिए पुग्छ।"
प्रकाशित मिति: २०:५५ बजे, बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











