Kathmandu Press

कालीगण्डकीमा डुंगा पल्टिएर डुबेका ७ जनाको उद्धार

काठमाडौं, असार २ : पाल्पाको रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिएर डुबेका ७ जनाको सकुशल उद्वार भएको छ।र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार उनीहरू...
कालीगण्डकीमा डुंगा पल्टिएर डुबेका ७ जनाको उद्धार

काठमाडौं, असार २ : पाल्पाको रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिएर डुबेका ७ जनाको सकुशल उद्वार भएको छ।

र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार उनीहरू बिहीबार बेलुकी पौने ७ बजे डुबेका हुन्। भारतबाट रानीमहल घुम्न आएका पर्यटक डुबेका हुन्। बेपत्ता भएको करिब १५ मिनेटमा सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पा प्रहरीले जनाएको हो । 

रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारीबीच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो। डुंगा पुलको पिलरमा ठोकिएर पल्टिएको थियो। डुबेका सबैको अवस्था सामान्य छ।

प्रकाशित मिति: २०:२३ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्