Kathmandu Press

काठमाडौं महानगर कल सेन्टरका कर्मचारी र सम्पर्क अधिकारीलाई तालिम 

काठमाडौं, असार २ : काठमाडौँ महानगरपालिकाको सूचना प्रविधि विभागले कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) लाई प्रभावकारी बनाउन कर्मचारी र सम्पर्क अधिकारीका लागि...
काठमाडौं महानगर कल सेन्टरका कर्मचारी र सम्पर्क अधिकारीलाई तालिम 

काठमाडौं, असार २ : काठमाडौँ महानगरपालिकाको सूचना प्रविधि विभागले कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) लाई प्रभावकारी बनाउन कर्मचारी र सम्पर्क अधिकारीका लागि तालिम सुरु गरेको छ । 

तालिममा गुनासो सुन्ने कर्मचारीले अपनाउनु पर्ने सावधानी, उसमा हुनु पर्ने धैर्यता, गुनासोकर्ताले भनेका कुरा टिपोट गर्ने तथा सफ्टवेयर इन्ट्री गर्ने, गुनासो सम्बन्धित अधिकारीलाई पठाउने तरिका सेन्टरमा बस्ने कर्मचारीलाई सिकाइँदैछ । यसैगरी सम्पर्क अधिकारीलाई गुनासो हेर्ने, सुन्ने तथा काम भएपछि समापन टिप्पणी (क्लोजिङ् स्टेटमेन्ट) विवरण लेख्ने तरिका सिकाइँदैछ । 

‘सेन्टर सञ्चालन गर्ने कार्यविधि तयार गर्दैछौँ । यसले काम गर्ने तरिका र नतिजामापन गर्न सजिलो हुनेछ । यससँगै भएका जनशक्तिलाई तालिम दिने, आवश्यकताका आधारमा जनशक्ति र उपकरण थप गर्ने योजनामा छौँ । अहिले रेकर्ड भएका गुनासाको सुनुवाई कहाँ पुग्यो? थाहा पाउनका लागि ट्र्याकिङ् सिस्टम बढाउने काम गर्दैछौँ, सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले भने ।’ 

महानगरपालिकाले जेठ २४ गतेदेखि कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा ल्याएको हो । सहायक निर्देश पोखरेलका अनुसार त्यसयता आजसम्ममा ३ हजार ३ सय गुनासा तथा सुझाव आएका छन् । 

प्रकाशित मिति: २०:१२ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्