Kathmandu Press

एसपीपीबारे छलफल गर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधान सेनापतिलाई बोलायो

भोलि (शुक्रबार) बिहान ९ बजेका लागि तय गरिएको बैठकमा प्रधानसेनापति शर्मालाई बोलाइएको हो ।
एसपीपीबारे छलफल गर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधान सेनापतिलाई बोलायो

काठमाडौं, असार २ : अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ ।

भोलि (शुक्रबार) बिहान ९ बजेका लागि तय गरिएको बैठकमा प्रधानसेनापति शर्मालाई बोलाइएको हो । सेनाले एसपीपीमा सहभागी हुन अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि संसदीय समितिले प्रधानसेनापतिलाई छलफलमा बोलाएको हो ।

बैठकमा प्रधानसेनापति शर्मासँगै परारष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल र रक्षा सचिव, किरणराज शर्मालाई समेत बोलाएको छ ।

प्रकाशित मिति: १९:३९ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्