Kathmandu Press

बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन 

काठमाडौं, असार २ : बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन गर्ने सहमति भएको छ। बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः...
बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन 

काठमाडौं, असार २ : बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन गर्ने सहमति भएको छ। बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन गर्ने सर्वदलीय सहमति जुटेको छ । 

वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले वीच विवाद हुँदा मतदान स्थगित गरिएको थियो । वैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले दुबै पक्षबाट धाँधली भएको भन्दै निर्वाचन आयोगले पालिकाभरिकै निर्वाचन बदर गरेको थियो। निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनः निर्वाचन गर्ने निष्कर्ष निकालेको थियो । 

निर्वाचन पुन हुनुपर्ने माग गर्दै अदालतमा मुद्धा समेत दायर भएको थियो । बुढीगंगा नगरपालिकामा मुख्य प्रतिस्पर्धी कांग्रेस र एमालेका उम्मेदवार छन् । कांग्रेसले मेयरमा रंग खाती र एमालेले रामबहादुर बानियाँलाई मेयरको उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: १९:०९ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्