Kathmandu Press

भारतबाट पुन बढेर आयो इन्धनको मूल्य (सूचीसहित) 

बिहीबार प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य लिटरमा ६ रुपैयाँ ५२ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।  यस्तै, डिजेलको मूल्य प्रतिलिटर १९ रुपैयाँ ३ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले वृद्धि भएर आएको निगमले जनाएको हो । 
भारतबाट पुन बढेर आयो इन्धनको मूल्य (सूचीसहित) 

काठमाडौं, असार २ : नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले इन्धनको मूल्य पुनः बढाएर पठाएको छ ।

बिहीबार प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य लिटरमा ६ रुपैयाँ ५२ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।  यस्तै, डिजेलको मूल्य प्रतिलिटर १९ रुपैयाँ ३ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले वृद्धि भएर आएको निगमले जनाएको हो । 

रुस–युक्रेन युद्ध जारी रहिरहेका बेला पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कायम रहेको मूल्य अनुसार इण्डियन आयल कर्पोरेसनले बढेको मूल्यसहित नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खरिद लागत २०९ रुपैयाँ २८ पैसा पुगेको छ । हाल पेट्रोलको खुद्रा बिक्री मूल्य १७८ रुपैयाँ रहेकोमा प्रति लिटर पेट्रोलमा ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले जनाएको छ । 

यस्तै, डिजेलको खरिद लागत बढेर २०२ रुपैयाँ पुगेको छ भने डिजेको खुद्रा बिक्री मूल्य १६५ रुपैयाँ रहेको छ । डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा घाटा रहेको निमगले जनाएको छ । एलपी ग्याँसको खरिद लागत यथावत छ । 

नयाँ मूल्यसूची अनुसार समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ४ अर्ब ८१ करोड र मासिक घाटा ९ अर्व ६३ करोड पुग्ने अवस्था रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति: १८:५५ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्