Kathmandu Press

सरकारले अनुमति दिए निगमले ६ वटा चिनियाँ जहाज बेच्ने

काठमाडौं, कात्तिक २० : सरकारको अनुमति पाए नेपाल वायुसेवा निगमले ६ वटा चिनियाँ जहाज बेच्ने घोषणा गरेको छ।

निगमले बुधबार आयोजना गरेको पत्....

सरकारले अनुमति दिए निगमले ६ वटा चिनियाँ जहाज बेच्ने
फाइल

काठमाडौं, कात्तिक २० : सरकारको अनुमति पाए नेपाल वायुसेवा निगमले ६ वटा चिनियाँ जहाज बेच्ने घोषणा गरेको छ।

निगमले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष मदन खरेलले सरकारले अनुमति दिए चिनियाँ जहाज बेच्न निगम तयार रहेको बताएका हुन्। खरेलले सधैँ घाटामा चिनियाँ जहाज चलाउनु भन्दा बेच्नु नै उत्तम हुने दाबी गरे।

उनका अनुसार चिनियाँ जहाजका पाटपूर्जा चीनबाहेक अन्य देशमा नपाउने भएकाले मर्मतमा समस्या भएको र त्यसकै कारण नियमित सञ्चालन गर्न नसकिएको हो। 

Hardik ivf

‘म निगममा कार्यकारी अध्यक्ष भएर आउँदा चिनियाँ जहाजको नियमित उडान गर्छु भनेर आएको थिए। तर पाटपूर्जाको अभाव र मर्मतमा चिनियाँ सरकारको असहयोगका कारण नियमित उडान गर्न असफल भयौँ,’ उनले भने। 

अब चिनियाँ जहाज विक्री गर्दा नै निगमलाई दीर्घकालीन रुपमा फाइदा हुने समेत अध्यक्ष खरेलले बताए। चीन सरकारले दुई थान जहाज अनुदानमा समेत दिएकाले विक्रीका लागि बाटो भने सहज नभएको उनको भनाइ छ।

निगमले चिनियाँ जहाजबाट हालसम्म डेढ अर्ब रुपैयाँभन्दा बढी घाटा व्यहोरेको छ। समयमा व्यवस्थापन गर्न नसके निगम चिनियाँ जहाजकै कारण टाट पल्टिन सक्ने अनुमान निगम अधिकारीहरुको छ। 

जहाजका पाटपूर्जा समयमा नपाउने र चिनियाँ जहाजका प्रशिक्षक पाइलट एक जना मात्रै हुँदा उडानमा समस्या आएको उनले बताए। अंग्रेजी भाषा बोल्ने चिनियाँ जहाजका प्रशिक्षक पाइलट आङ्नुरी शेर्पा मात्रै हुन्।

सरकारले ४ वटा वाई १२ ई र २ वटा एमए–६० गरी ६ वटा चिनियाँ जहाज २०६९ साल मंसिर १४ मा जहाज खरिद सम्झौता गरेको थियो। ६ वटा जहाज मध्येमा निगमले २ वटा वाई–१२-ई र एउटा एमए–६० जहाज अनुदानमा ल्याएको थियो। 

अनुदानबाहेकका दुई वाई–१२–ई र एउटा एमए ६० विमान एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको थियो। सम्झौता भएको करिव दुई वर्षपछि २०७१ कात्तिक १७ मा पहिलो वाई १२–ई विमान नेपाल ल्याइएको थियो। हाल चार वटा वाई–१२–ई जहाजमध्ये एउटा जहाजले मात्रै नियमित उडान गर्दै आएको छ। वाई–१२–ई जहाजका पाइलट एयरबस उडानको तालिममा गएपछि तीन वटा विमानले उडान भर्न सकेका छैनन्। 

चिनियाँ जहाजका लागि नयाँ नियुक्त गरिएका पाइलटले उडान भर्न नसक्दा उडान गर्ने क्षमता भएका दुई वटा वाई–१२ जहाज ग्राउण्डेड छन् भने एउटा जहाज एक वर्षदेखि ग्राउण्डेड छ। निगमसँग हाल लामो  दूरीको अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाज रहेका छन्।

आन्तरिक उडानका लागि तीन वटा टुइनेटर  र ६ वटा चिनियाँ जहाज छन्। लामो समयदेखि बेच्ने तयारी गरिएको बोइङ ७५७ विमान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउण्डेड छ। 
 

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, कात्तिक २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्