सभागृहबाट काठमाडौं महानगरले हटायो एमालेको झन्डा (तस्बिरहरु)
काठमाडौं, असार २ : काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहबाट नेकपा एमालेको झन्डा हटाएको छ। बिहीबार सभागृहमा एमालेले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम राखेको थियो । सोही...
काठमाडौं, असार २ : काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहबाट नेकपा एमालेको झन्डा हटाएको छ।

बिहीबार सभागृहमा एमालेले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम राखेको थियो । सोही कार्यक्रमका लागि सभागृह परिसरमा एमालेको झन्डा राखिएका थिए।

सभागृह परिसरमा नेपालको झन्डा राखिएको पोलमा पनि एमाले आफ्नो झन्डा राखेको थियो । राष्ट्रिय झन्डासँगै जोडेर पार्टीको झन्डा राखिएको भन्दै महानगरको निर्देशनमा पोलबाट एमालेको झन्डा हटाइएको हो।
प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











