एएफसी एसियन कप छनोटमा सहभागी भएर फर्कियाे राष्ट्रिय फुटबल टोली
काठमाडाैं, असार २ : एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएका छन्।नेपाली टोली बिहीबार नेपाल आइपुगेका हुन्। नेपाली...
काठमाडाैं, असार २ : एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएका छन्।
नेपाली टोली बिहीबार नेपाल आइपुगेका हुन्। नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले स्वागत गरे। ३१ सदस्यीय नेपाली टोली स्वदेश फर्केपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी कुवेतमै बसेका छन्।
एन्फासँग बिदा लिएर अलमुताईरी भने घर कुवेतमै बसेका हुन्। नेपाल फर्किएपछि खेलाडी नवयुग श्रेष्ठले नयाँ खेलाडीहरुले सन्तोषजनक प्रदर्शन गरेको बताए। उनले यसअघि टिममा रहेका खेलाडी टिममा नपर्दा नतिजा सोचेजस्तो अनाएको बताए।
कुवेतमा भएको छनोटमा नेपाल अंक विहीन बनेको थियो। समूह ए मा रहेको नेपाल समूहको पुछारमा रह्यो। छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो।
यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो। अन्तिम खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको थियो।











