प्रतिनिधिसभाको बैठकमा पुगे प्रधानमन्त्री देउवा
काठमाडाैं, असार २ : प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभाको बैठकमा पुगेका छन्। प्रतिनिधिसभा बैठकमा उठेका विभिन्न प्रश्नको प्रधानमन्त्री देउवाले जवाफ दिने कार्यसूची भए पनि उनी उपस्थित...
काठमाडाैं, असार २ : प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभाको बैठकमा पुगेका छन्।
प्रतिनिधिसभा बैठकमा उठेका विभिन्न प्रश्नको प्रधानमन्त्री देउवाले जवाफ दिने कार्यसूची भए पनि उनी उपस्थित नभएपछि विपक्षी दलहरूले चर्को आलोचना गरेका थिए।
प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा जवाफ दिएका थिए।
एसपिपीलगायत अन्य विषयमा सदनमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री देउवाले दिने बताइएको छ।
प्रकाशित मिति: १६:३१ बजे, बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











