Kathmandu Press

‘एसपीपीमा कुनै निर्णय भएको छैन, सरकारले सोचेको पनि छैन’

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री कार्कीले एसपीपीबारे सरकारले अहिलेसम्म केही पनि नसोचेको बताए। 
‘एसपीपीमा कुनै निर्णय भएको छैन, सरकारले सोचेको पनि छैन’

काठमाडौं, असार २ : सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सरकारले कुनैपनि निर्णय नगरेको बताएका छन्। 

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री कार्कीले एसपीपीबारे सरकारले अहिलेसम्म केही पनि नसोचेको बताए। 

उनले नेपालले आफ्नो भूमि कुनैपनि मित्रराष्ट्रको हितविपरित हुनेगरी प्रयोग गर्न नदिने कुरामा सरकार प्रतिवद्ध रहेको पनि बताए। 

मन्त्री कार्कीले एमसिसी र एसपीपी फरक विषय भएको बताए । एमसिसी आर्थिक परियोजना भएका कारण त्यसलाई खारेज गर्न नपर्ने सरकारको भनाई छ ।

राष्ट्रिय योजना आयोगको स्विकृत मापदण्डको आधारमा योजनाहरुको बाँडफाट भएको पनि उनले बताए ।यसका लागि संसदबाट पनि समयसमयमा सुझाव लिइएको मन्त्री कार्कीले बताए। 

‘सरकारको मूल लक्ष्य मुलुकको विकास, सुशासन  र समृद्धिका लागि अगाडि बढाउने हो। राष्ट्रिय हित अनुकुल विकास सुशासनको माध्यमबाट मुलुकलाई समुन्नतीमा पुर्याउने दिशामा सरकार छ,’ उनले भने। 

प्रकाशित मिति: १६:०० बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्