राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज
बुटवल, असार २ : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनी मंगलबार राति लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन्।बेहोस...
बुटवल, असार २ : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनी मंगलबार राति लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन्।
बेहोस अवस्थामा भनार्भ एकी वलीको स्वास्थ्यमा सुधार आएपछि आज (बिहीबार) मध्याह्नतिर डिस्चार्ज गरिएको हो।
चिकित्सकले उनलाई घरमै आराम र औषधि सेवन गर्नेगरी डिस्चार्ज गरेको जनाइएको छ। उनी बुटवलस्थित निवासमा गएको स्रोतको भनाइ छ।
मंगलबार बिहान दाङको तुलसीपुरस्थित एकराज बस्नेतको घरभित्रै पसेर बस्नेतकी पत्नी र छोरीमाथि हातपात गरेको आरोप आरोपमा राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
यो घटनाबारे छानबिन गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको छ।
प्रकाशित मिति: १५:५० बजे, बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











