Kathmandu Press

सरकारले भन्यो– अमेरिकाकाे स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल संलग्न हुदैन   

‘नेपाल एसपीपीमा संलग्न हुँदैन हुँदैन हुँदैन,’ गृहमन्त्री खाणले भने, ‘अहिलेसम्म भएको पनि छैन।’
सरकारले भन्यो– अमेरिकाकाे स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल संलग्न हुदैन   

काठमाडौं, असार २ : गृहमन्त्री बालकृष्ण खाणले नेपाल अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न नहुने प्रष्ट पारेका छन्।

एसपीपीबारे विपक्षी दल र सरकार पक्षकै सांसदहरुले जवाफ मागेपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री खाणले जवाफ दिँदै सरकार कुनैपनि हालतमा एसपीपीको पक्षमा नभएको बताएका हुन्। 

उनले छलफल नगरी सरकार कुनैपनि निर्णयमा नपुग्ने समेत बताएका छन्। यसअघि एमसिसी पारित हुँदा पनि विभिन्न आशंका पैदा हुँदा छलफलबाट व्याख्यात्मक घोषणासहित पारित गरेको स्मरण गर्दै गृहमन्त्री खाणले आशंका नराख्न आग्रह गरे। ‘नेपाल एसपीपीमा संलग्न हुँदैन हुँदैन हुँदैन,’ गृहमन्त्री खाणले भने, ‘अहिलेसम्म भएको पनि छैन।’

उनले नेपाली सेनाले कुनैपनि मुलुकको सेनासँग सैन्य गठबन्धन नगर्ने समेत  बताए। नेपाली सेना विश्वमाझ स्थापित र प्रतिष्ठित रहेको बताउँदै शान्ति स्थापनामा नेपाली सेनाको भूमिका विश्वको दोस्रो स्थानमा रहेको बताए। 

शान्ति स्थापनाका लागि अन्य मुलुक जाँदा त्यहाँ अन्य मुलुकका सेनाहरुसँग प्राविधिक सिप र त्यहाँका जनताका मानवअधिकार रक्षाका लागि प्रयत्नशील हुनुलाई स्वाभाविक रुपमा लिनुपर्ने गृहमन्त्रीको भनाई थियो। 

‘तर नेपाली सेनाले वा नेपाल सरकारले अर्को सेनासँग सन्धी गरेर नेपालमा सेना आउने, नेपालको भुभागमा सेना रहने अर्को देशको, टुँडिखेलमा आएर परेड खेल्ने, यो विल्कुलै हुन नसक्ने कुरा हुन्’ उनले भने।  


 

प्रकाशित मिति: १५:२० बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्