प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणमा एसपिपी सम्झौता हुँदैन : रमेश लेखक
काठमाडाैं, असार २ : नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका क्रममा एसपिपीबारे सम्झौता गरिँदैछ भनेर गरिएको चर्चा असत्य रहेको....jpg)
काठमाडाैं, असार २ : नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका क्रममा एसपिपीबारे सम्झौता गरिँदैछ भनेर गरिएको चर्चा असत्य रहेको स्पष्ट पारेका छन्।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले एसपीपीबारे कसको सरकारको पालामा के के भएको हो ? त्यो सबै कुरा वर्तमान सरकारले बाहिर ल्याउनुपर्ने बताए।
आफ्नो पार्टी जहिलेपनि परराष्ट्र नीतिलाई निर्धारण गर्दा पार्टीभित्र गम्भीर छलफल गरेर निश्कर्षमा पुग्ने र अन्य दलहरुबीच पनि छलफल गरेर सहमतिमा पुग्ने पार्टी भएको उनले बताए।
उनले सबै देशसँग आफूहरुले मित्रवत र सन्तुलित सम्बन्ध कायम गर्दै आएको र यसलाई काम गरिने पनि स्पष्ट पारे। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण गर्ने कुरा स्वभाविक भएको भन्दै यसबारेमा अनावश्यक टिप्पणी गर्न नहुने धारणा राखे।
नेता लेखकले संसद्मा बजेट बनाउँदा अवाञ्छित गतिविधि भए भन्ने कुरा उठेको भए पनि प्रमुख प्रतिपक्षी दलले संसद् अवरोध गर्नु र अर्थमन्त्रीलाई संसदमा जवाफ दिन अवरोध गर्नु गलत भएको टिप्पणी गरे।











