‘असंलग्न पराष्ट्र नीतिमा गम्भीर खतरा उत्पन्न गराएकाले एसपिपी अस्वीकार गर्नुपर्छ’
काठमाडौं, असार २ : सत्ता गठबन्धन दलकै एक घटक राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) ले नेपालकाे राष्ट्रियता, सार्वभौमसत्ता र असंलग्न...
काठमाडौं, असार २ : सत्ता गठबन्धन दलकै एक घटक राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) ले नेपालकाे राष्ट्रियता, सार्वभौमसत्ता र असंलग्न पराष्ट्र नीतिमा गम्भीर खतरा उत्पन्न गराएकाले त्यसलाई अस्वीकार गर्नुपर्ने बताएकी छन्।
बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर उन एसपिपीबारे अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिले नयाँ विवाद र भ्रम उत्पन्न गरेको उनले बताइन्।
एसपीपी कार्यक्रम देशका लागि गम्भीर प्रश्न बनेको र राष्ट्रियता, सार्वभौमसत्ता र असंलग्न पराष्ट्र नीतिमा खतरा उत्पन्न भएको बताउँदै उनले त्यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनुपर्ने माग उनले गरिन्।
‘अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिबाट नयाँ भ्रम सिर्जना भएको छ। दूतावासले पहिले सम्झौता भएको र अब थप सम्झौता आवश्यक नभएको भनेको छ। सेनाले खण्डन गरेको छ। प्रधानमन्त्रीले सम्झौता नगर्ने भन्नुभएको छ। सम्माननीय प्रधानमन्त्रीले सदनमा उपस्थित भएर स्पष्टीकरण दिनुपर्छ, म अनुरोध गर्दछु।’











