एमाले सांसदहरूले गरे प्रतिनिधसभा बैठक बहिष्कार
काठमाडौं, असार २ : प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा विनियोजन विधेयक–२०७९ माथि अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिन थालेपछि नाराबाजीमा उत्रिएको एमाले सांसदहरुले अन्ततः र्बठक...
काठमाडौं, असार २ : प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा विनियोजन विधेयक–२०७९ माथि अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिन थालेपछि नाराबाजीमा उत्रिएको एमाले सांसदहरुले अन्ततः बैठक बहिष्कार गरेका छन्।
विनियोजन विधेयक–२०७९ माथि आज अर्थमन्त्रीको जवाफ दिने कार्यलाई कार्यसूचीमा राखेको भन्दै एमालेका सांसदहरुले यथास्थानमा उभिएर नाराबाजी गरेका थिए। अर्थमन्त्रीले अनधिकृत ढंगले मन्त्रालयमा जिम्मेवार पदाधिकारीबाहेक अन्य व्यक्तिलाई प्रवेश गराई कर हेरफेर गराएको भनी अर्थमन्त्रीको राजीनामा माग्दै आएको एमाले सदन बहिष्कारमा उत्रिएकाे हाे।
सोही क्रममा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले तीन दिनदेखि अर्थ मन्त्रालयसँग सम्बििन्धत र बजेट निर्माणका सन्दर्भमा छलफल गरिरहेको र देशविरुद्ध भएको गद्दारीबारे विरोध गरिरहेको बताए। तर सो भनाइ संसदीयि मर्यादाविपरीत रहेको भन्दै सभामुखले त्यसलाई रेकर्डबाट हटाउन लगाए। बजेट निर्माणको अघिल्लो दिन मन्त्रालयमा अनधिकृत व्यक्ति भित्र छिरेर ७०० वटा शीर्षकमा करका दर परिवर्तन गर्नु राष्ट्रघात हुने कि आफूले बोलेको कुरा राष्ट्रघfत हुने भनेर उनले प्रश्न गरे।
प्रमुख प्रतिपक्षी दलले गम्भीरतापूर्वक सदनमा लगातार कुरा उठाउँदा पनि सभामुखलाई दुईवटा विकल्प दिएको, यसअघिको नजिरअनुसार संसदीय छानबिन समिति बनाउन माग गरेको भए पनि केही नभएकाले एमालेले अर्थमन्त्रीको राजीनामा मागेको उनले बताए।
गम्भीर विषय उठाएर मन्त्रालयमा अनधिकृत मानिस गएको सिसीटिभी खोजी गरौं भन्दा पनि बेवास्तागरिएको उनले बताए। यस्तो अवस्थामा पनि अर्थमन्त्री शर्मालाई जबर्जस्ती उभ्याएर जवाफ दिन लगाएको विषयप्रति उनले आपत्ति जनाए।
यति हुँदा पनि अर्थमन्त्रीलाई जवाफ दिन लगाउँदा सुन्न लायक नलागेर अन्य कार्यसूची यथावत् रहने गरी अर्थमन्त्रीले जवाफ दिने शीर्षकमा भाग लिन नसकिने प्रमुख सचेतक भट्टराइले बताएपछि एमाले सांसदहरु सदनबाट बाहिरिएका थिए।











