Kathmandu Press

चुनाव मात्र होइन महासंग्राम लडेर आयौं : ओली 

काठमाडौं, असार २ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले स्थानीय तहको चुनावमात्र नभई महासंग्राम लडेर आएको बताएका छन्। पार्टीबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रममा...
चुनाव मात्र होइन महासंग्राम लडेर आयौं : ओली 

काठमाडौं, असार २ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले स्थानीय तहको चुनावमात्र नभई महासंग्राम लडेर आएको बताएका छन्। 

पार्टीबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सिध्याउन खोजिएको एमालेलाई पुनः अस्तित्वमा ल्याएर स्थानीय तहको निर्वाचनमा विजयी हुनु सानोतिनो कुरा नभई महासंग्राम नै रहेको बताएका हुन्। 

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा सरकार पक्षले अनेक जालझेलका हतकण्डाहरु अपनाइएको बताए । ‘कुप्रचार, षड्यन्त्र, अनेक जालझेलका हतकन्डाहरु अपनाइए, त्यतितले नपुगेर अपहरण गर्ने, हत्या गर्ने, कुट्नेपिट्ने, अंगभंग गर्ने, वुथ कब्जा गर्ने, यस्ता अनेक आपराधिक कृयाकलाप राज्यको योजनामा भए,’ उनले भने, ‘राज्यशक्तिको कुपरिचालन गरेर दुरुपयोग गरेर कहाँ कहाँ बाट जम्मा गरिएको हो थाहा छैन, पैसाको व्यापक वितरण भयो।’

उनले एमालेले चुनावमात्र नभई अधिनायकवादको विरुद्ध लडनुपरेको बताए। ‘लोकतन्त्रको नाम जप्ने तर अधिनायकावादी, तानाशाही, दमनकारी र त्यो शासनका आडमा सम्पूर्ण प्रतिक्रियावादी शक्तिहरु एकजुट भएर एमालेविरुद्ध लागेको अवस्थामा चुनाव जितेर आएको बताए।  

अध्यक्ष ओलीले जनप्रतिनिधिलाई भने,‘यी बसैको सामाना गरेर यी चुनावका नाममा गरिएको अस्वस्थ अलोकतान्त्रिक, सत्ताको दुरुपयोग गर्ने, अवान्छित गतिविधिसँग लडेर आउनुभएको छ । तपाईहरु महासंग्राम लडेर आउनुभएको हो।’  
 

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्