अर्थमन्त्री बोल्न थालेपछि एमालेको नाराबाजी
विनियोजन विधेयक–२०७९ माथि आज अर्थमन्त्रीको जवाफ दिने कार्यलाई कार्यसूचीमा राखेको भन्दै एमालेका सांसदहरुले यथास्थानमा उभिएर नाराबाजी गरेका हुन्।
काठमाडौं, असार २ : प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा विनियोजन विधेयक–२०७९ माथि अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिन थालेपछि एमालेले नाराबाजी गरिरहेको छ।
विनियोजन विधेयक–२०७९ माथि आज अर्थमन्त्रीको जवाफ दिने कार्यलाई कार्यसूचीमा राखेको भन्दै एमालेका सांसदहरुले यथास्थानमा उभिएर नाराबाजी गरेका हुन्।
अर्थमन्त्रीले अनधिकृत ढंगले मन्त्रालयमा जिम्मेवार पदाधिकारीबाहेक अन्य व्यक्तिलाई प्रवेश गराई कर हेरफेर गराएको भनी एमालेले अर्थमन्त्रीको राजनीनामा माग्दै आएको छ। एमालेको विरोधका कारण तीनि दिनदेखि अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम सर्दै आएको थियो।
प्रकाशित मिति: १३:५६ बजे, बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार