एसपिपीलाई लिएर एमालेमाथि लगाइएको आरोप सरासर झुट : पाेखरेल
काठमाडाैं, असार २ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) लाई लिएर एमालेमाथि लगाइएको आरोप सरासर झुट भएको बताएका छन्। प्रतिनिधिसभाको आज...
काठमाडाैं, असार २ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) लाई लिएर एमालेमाथि लगाइएको आरोप सरासर झुट भएको बताएका छन्।
प्रतिनिधिसभाको आज (बिहीबार) बसेको बैठकमा बोल्दै उनले एसपिपीलाई लिएर विकृत ढंगले एमालेलाई आक्षेप लगाउनु खेदजनक रहेको बताए । त्यस्ता दुष्प्रयत्नका निन्दनीय रहेको उनको भनाइ थियो।
एसपिपीको प्रस्ताव आएको बेला सन् २०१५ मा क्षामन्त्रीसमेत रहेका सुशील कोइराला रहेको र सन् २०१७ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सकारात्मक रहेको जवाफ पठाएको भए पनि अहिले आएर गठबन्धनले झुट बोलिरहेको उनले बताए।
चुनौती उनले केपी ओली प्रधानमन्त्री र आफू रक्षामन्त्री रहँदा एसपिपी सम्झौता गर्ने भनी कुनै लिखत प्रमाण, वक्तव्य, माइन्युट गरेको पाइए संसदसमक्ष प्रस्तुत गर्न उनले चुनौती दिए।
नेपाल असलंग्न परारfष्ट्र नीति, पञ्चशीलको सिद्धान्त, कुनै सैनिक गठबन्धनमा संलग्न हुन नसक्ने मान्ने भएकाले इन्डोप्यासिफिकलगायतसँग जोडिन नहुने गरी ओली नेतृत्वको तत्कालीन सरकार अघि बढेको दाबी उनले गरे।
त्यतिखेर त्यसबारे जबाफ दिन नेपाली सेनाका प्रतिनिधिसहित कार्यदल बनाएको र त्यसलाई अगाढि बढाउनुहुँदैन भनेर निष्कर्ष निकालिएको जिकिर उनले गरे। अमेरिकी सुरक्षा निकायमा व्यक्तिहरू आएर आफूसँग पनि भेट गरेको उल्लेख गर्दै उनले सो सम्झौताका लागि कुनै कदम नचालिएको बताए।
विपद व्यवस्थापनका लागि सैन्य तालिम गर्ने सन्दर्भमा नेपाली सेनाले चीन, भारत, अमेरिका, पाकिस्तान सबैसँग सहकार्य गरेको भए पनि त्यसलाई सैनिक गठबन्धनमा सामेल भएको भनेर कुरा किमार्थ भन्न नमिल्ने तर्क उनले गरे।
कुनै आधार र प्रमाणबिना एमालेमाथि दोष थोपरेर गठबन्धनले एसपिपीबारे नाटक मञ्चन भइरहेको र आफूले गरेको अपराधलाई छोप्ने प्रयास गरिरहेको आरोप उनले लगाए। एसपिपीबारे गरिएको छलछाम सत्ता टिकाउने खेल भएको आरोप बताए।
सुरुमा चुपचाप बसेको एमालेले प्रतिवाद गर्दा पनि लुकाउने प्रयास गरेको र कुरा बाहिर आएपछि एमालेमाथि लाञ्छना लगाइएको कुरा खेदजनक रहेको उनको भनाइ थियो।











