Kathmandu Press

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं, असार २ : प्रतिनिधिसभाको आज (बिहीबार) को बैठक सुरु भएको छ। अपराह्न १ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरू भएको हो। आजको...
प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं, असार २ : प्रतिनिधिसभाको आज (बिहीबार) को बैठक सुरु भएको छ। अपराह्न १ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरू भएको हो। 

आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्री एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिने कार्यसूची रहेको छ।

अर्थ मन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७९’, ‘आर्थिक विधेयक, २०७९’, ‘आर्थिक विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयमा महासचिव डा. भरतराज गौतमले जनाएका छन्।

 

प्रकाशित मिति: १३:२० बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्