प्रचण्डको स्पष्टिकरण : एसपीपी सम्झौता ओलीको पालमा भएको हो, वर्तमान सरकारले अगाडि बढाउँदैन
काठमाडौं, असार २ : नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमलल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन केपी ओली नेतृत्वको सरकारले नै अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता...
काठमाडौं, असार २ : नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमलल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन केपी ओली नेतृत्वको सरकारले नै अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता कार्यान्वयन गरेको बताएका छन्।
बिहीबार रितवहादुर खड्का स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सन् २०१९ मै ओली नेतृत्वको सरकारले सम्झौता कार्यान्वयन गर्ने सहमति गरेको र त्यसलाई पुष्टि गर्ने तथ्यहरु समेत रहेको बताएका हुन्।
प्रचण्डले अहिले एमालेले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कसरत स्वरुप यो सम्झौता वर्तमान सरकारले गरेको भन्ने झुठो आरोप लगाएको बताउँदै यसबारे प्रष्ट हुनुपर्ने बताए।
उनले गठबन्धन सरकारले एसपीपीमा कुनैपनि सम्झौता नगरेको बताउँदै त्यस्तो सम्झौता नगर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। उनले राष्ट्रवादको पाखण्डी प्रचार गर्नेहरुले सवैभन्दा वढि आत्मसमर्पण गर्ने गरेको इतिहास रहेको समेत बताए । ‘हिजो आज एसपीपी सैन्य गठबन्धन भैसक्यो रे जसरी प्रचार भइरहेको छ, विल्कुल झुठो हो’, प्रचण्डले भने, ‘म गठबन्धनको एउटा नेताको हैसियतले प्रधानमन्त्री र गठबन्धनमा भएका छलफलमा त्यस्ता कुनै सम्झौता भएको छैन, हुने छैन यो घोषणा गर्न चाहान्छु ।’
प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवाले पनि त्यस्तो प्रकारको सम्झौतामा नजाने भनेर प्रतिविद्धता व्यक्त गरिसकेकाले भ्रममा नपर्न आग्रह गरेका छन्।











