Kathmandu Press

तनहुँको रुवाखोलाको पुलबाट टिपर खस्यो, चालकको मृत्यु 

काठमाडौंं, असार २ : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी–मुग्लिन सडकखण्ड स्थित रुवाखोलाको पुलबाट टिप्पर खस्दा एकजनाको मृत्यु भएको छ। मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क...
तनहुँको रुवाखोलाको पुलबाट टिपर खस्यो, चालकको मृत्यु 

काठमाडौंं, असार २ : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी–मुग्लिन सडकखण्ड स्थित रुवाखोलाको पुलबाट टिप्पर खस्दा एकजनाको मृत्यु भएको छ। 

मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ४४६९ नम्बरको टिपर आबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको पावर हाउस नजिकै पुल करिब साढे ४ बजे पुलबाट खसेर खोलामा पुगेको थियो। 

दुर्घटनामा परी चालक  म्याग्दे गाउँपालिका वडा नम्बर ६ का करिब ४७ वर्षका रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

टिपर खसेर गम्भीर घाइते भएकाउनलाई उपचारका लागि चितवनस्थित मेडिकल कलेज लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीको भनाइ छ।

टिपरमा चालकबाहेक अन्य व्यक्ति नरहेको पनि प्रहरीले जानकारी दिएको छ । तीव्र गतिका कारण अनियन्त्रित भई टिपर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

प्रकाशित मिति: १०:३७ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्