एमाले जनप्रतिनिधिलाई दुई दिन काठमाडौंमा प्रशिक्षण
काठमाडौं, असार २ : नेकपा (एमाले) ले स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई दुई दिन काठमाडौंमा प्रशिक्षण दिन लागेको छ।काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा जनप्रतिनिधिलाई...
काठमाडौं, असार २ : नेकपा (एमाले) ले स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई दुई दिन काठमाडौंमा प्रशिक्षण दिन लागेको छ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो। आज र भोलि प्रशिक्षण दिइने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।
आज बिहान राष्ट्रिय सभा गृहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण कार्यक्रमको शुरुआत गर्ने भएका छन्।
स्थानीय तहको निर्वाचन भएका ७५२ मध्ये २०५ पालिकामा एमालेले जितेको छ। एमालेले आफ्नो पार्टीबाट जितेका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिन लागेको हो।
यसका लागि एमालेका पालिका प्रमुख र उपप्रमुख काठमाडौं पुगिसकेको जनाइएको छ। उनीहरुलाई कसरी प्रभावकारी रुपमा काम गर्ने भन्ने विषयमा प्रशिक्षण दिइने रिमालले बताए।
प्रकाशित मिति: ०८:४२ बजे, बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











