Kathmandu Press

आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं, असार २ : प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिने भएका छन्।प्रतिनिधिसभामा बजेटमाथि छलफल चलिरहेको छ। बजेटमाथिको छलफलका क्रममा सांसदले उठाएका...
आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं, असार २ : प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिने भएका छन्।

प्रतिनिधिसभामा बजेटमाथि छलफल चलिरहेको छ। बजेटमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको मन्त्रीहरुले जवाफ दिइरहेका छन्।

त्यहिक्रममा आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

आजको बैठकमा प्रधानमन्त्री देउवासहित मन्त्रीहरुले जवाफ दिने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। त्यसका लागि प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बोलाइएको छ।

बुधबार राति साढे ९ बजेसम्म प्रतिनिधिसभाको बैठक चलेको थियो। बैठकमा विभिन्न मन्त्रीले सांसदका प्रश्नको जवाफ दिएका थिए।

 

प्रकाशित मिति: ०७:२३ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्