Kathmandu Press

लिग-२ मा नेपाल अमेरिकासँग ३९ रनले पराजित

काठमाडौं, असार २ : आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँगको खेलमा नेपाल ३९ रनले पराजित भएको छ।गएराति भएको खेलमा अमेरिकाले दिएको २४६ रनको लक्ष्य...
लिग-२ मा नेपाल अमेरिकासँग ३९ रनले पराजित

काठमाडौं, असार २ : आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँगको खेलमा नेपाल ३९ रनले पराजित भएको छ।

गएराति भएको खेलमा अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४७.४ ओभरमा २०६ रनमै समेटिएको हो।

नेपालका लागि आरिफ शेखले ६३, सोमपाल कामीले ४७, देव खनालले ३४, आसिफ शेखले १८, रोहित पौडेलले १६, कुशल भुर्तेलले १० रन बनाए।

अमेरिकाका लागि सौरभ नेत्राभाल्कर र अलि खानले तीन-तीन तथा नोस्थुस केन्जिगे र निशर्ग पटेलले एक-एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा सात विकेट गुमाएर २४५ रन बनाएको थियो। अमेरिकाका लागि गजानन्द सिंहले ५८, सुशान्त माोदानीले ५४, आरोन जोन्सले ४३ र सैतेजा मुक्कामल्लाले ३६ रन बनाएका थिए।

नेपालका लागि करण केसीले तीन, सन्दीप लामिछानेले दुई, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।

यो जितसँगै दुई अंक बुटेलेर अमेरिकाले २६ अंक जोडेको छ। अमेरिका तेस्रो स्थानमा छ भने नेपाल १५ अंकसहित पाँचौ स्थानमा छ।

प्रकाशित मिति: ०७:०६ बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्