एसपीपी सम्झौता भएकाे छैन : नेपाली सेना
बुधबार नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति प्रकाशित गर्दै एसपीपी सम्बन्धी कुनै पनि सम्झौता नभएकाे प्रष्टाएकाे हाे।
काठमाडाैं, असार १ : नेपाली सेनाले अमेरिकी सेनासँग स्ट्राटिजिक पार्टनरसिप प्रोग्राम एसपीपी सम्बन्धी कुनै पनि सम्झौता नगरेको स्पष्ट पारेको छ।
बुधबार नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति प्रकाशित गर्दै एसपीपी सम्बन्धी कुनै पनि सम्झौता नभएकाे प्रष्टाएकाे हाे।
'नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक समझदारी भविश्यमा कोही कसैसँग पनि गर्न नहुनेमा सेना सदैव स्पष्ट रहेको छ।' विज्ञप्तिमा भनिएकाे छ।
सेनाले एसपीपी सम्बन्धी सञ्चार माध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विज्ञप्तीमार्फत जनाएकाे छ।
प्रकाशित मिति: २१:०८ बजे, बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार