Kathmandu Press

नेपालसँग कुनै पनि सैन्य गठबन्धन भएको छैन : अमेरिकी दूतावास

अमेरिकाले नेपाललाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुन दबाब नदिएको प्रष्टाएको छ । 
नेपालसँग कुनै पनि सैन्य गठबन्धन भएको छैन : अमेरिकी दूतावास

काठमाडौं, असार १  : अमेरिकाले नेपाललाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुन दबाब नदिएको प्रष्टाएको छ । 

काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालसँग कुनै पनि सैन्य गठबन्धन नभएको जनाएको हो । साथै उसले सैन्य गठबन्धनका लागि प्रस्तावसमेत नगरेको र १० बुँदे सहमति नभएको दाबी गरेको छ ।

पछिल्लो केही दिनयता नेपालले अमेरिकासँग सैन्य गठबन्धनमा सहभागी हुने तयारी गरेको चर्चा चलिरहेको छ । 

प्रकाशित मिति: २०:३१ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्