Kathmandu Press

महानगर प्रमुखले नै पत्रकार माथि दुर्व्यवहार गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : महासंघ 

काठमाडौं, असार १  : काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साहले पत्रकार माथि दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । महासंघका...
महानगर प्रमुखले नै पत्रकार माथि दुर्व्यवहार गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : महासंघ 

काठमाडौं, असार १  : काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साहले पत्रकार माथि दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । 

महासंघका सचिव रोशन पुरीले एक  बिज्ञप्ति जारी गर्दै समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनमा कार्यरत पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अष्भिट लामालाई मेयर साहले गरेको दुर्व्यवहार निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै ध्यानाकर्षण गराएका हुन् । 

स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएका छन् । 

महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि बुधबार दिउँसो १ः०० बजे त्यहाँ पुुगेका पत्रकारद्वयलाई एक्कासि विभाग आइपुगेका प्रमुख साहले हिमालय टेलिभिजनको बुम र क्यामेरा देख्नेवित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएका थिए ।

प्रकाशित मिति: १९:५८ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्