Kathmandu Press

डा.गोविन्द केसीको रक्तचापमा समस्या

डडेल्धुरा, कात्तिक २० : तीन दिनदेखि आमरण अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ। डडेल्धुराको चिसोले उनको रक्तचाप घटेको चिकित्सकले....

डा.गोविन्द केसीको रक्तचापमा समस्या
काठमाडौं प्रेस

डडेल्धुरा, कात्तिक २० : तीन दिनदेखि आमरण अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ। डडेल्धुराको चिसोले उनको रक्तचाप घटेको चिकित्सकले बताएका छन्।

डा.केसी सोमबारदेखि डडेल्धुरामा १७औं अनशनमा छन्। उनको स्वास्थ्यमा समस्या देखिएको डडेल्धुरा अस्पतालका डा.जितेन्द्र कँडेलले बताए। ‘हिजोको तुलनामा रक्तचाप निकै कम छ। डाक्टरसाप आफैले पनि रिंगटा लाग्यो भन्दै हुनुहुन्थ्यो,’ डा.कँडेलले भने।

उस्तै पनि डडेल्धुरा चिसो छ। अहिले डडेल्धुराको तापक्रम १४ डिग्री सेन्टीग्रेडसम्म झरेको छ। कोठामा झन चिसो रहेको छ। डा.कँडेलले भने, ‘तीन दिनदेखि चिसो ठाउँमा अनसन बसिरहनु भएको छ। चिसोले गर्दा रक्तचापमा समस्या देखिएकाे हो।’

डा.केसीको ल्याब टेस्ट पनि गरिएको छ। ल्याब रिपोर्ट आउन बाँकी रहेको डा.कँडेलले बताए।

चिकित्सा शिक्षा सुधारको लागि आन्दोलरत डा.केसीले १७औं अनशन डडेल्धुरामा थालेका हुन्। यस अघि सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्नु पर्नेसहित डा.केसीले सात माग राखेका छन्।

उनको अनशनप्रति स्थानीय वासिन्दा र नागरिक समाजले एक्यवद्धता जनाएको छ। डा.केसीका माग पूरा गर्न उनीहरुले सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित मिति: १४:०१ बजे, बुधबार, कात्तिक २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्