सुन्दरी प्रतियाेगिताका सञ्चालक पाण्डेविरूद्ध काठमाडाैं जिल्ला अदालतमा मुद्दा दर्ता
काठमडाैं, असार १ : मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरूद्ध...
काठमडाैं, असार १ : मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दा दार्ता गरेकाे हाे।
उनी विरूद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहारमा तीन वर्षसम्मको सजाय माग दाबीसिहत मुद्दा दायर भएकाे छ।
पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलकी प्रतिश्पर्धी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। उनले जेठकाे पहिलो साता आफूमाथि बलात्कार भएको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन्।
प्रहरीले पाण्डेलाई जेठ ७ गते स्वयम्भूबाट पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला परिसर काठमाडौं बुझाइएको थियो।
परिसरले अनुसन्धान सकेर प्रतिवेदन गत शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाएको थियो।











