Kathmandu Press

प्रदेश १ : कृषिमा २ अर्ब ५९ करोड २३ लाख बजेट (पूर्णपाठ) 

प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेश १ : कृषिमा २ अर्ब ५९ करोड २३ लाख बजेट (पूर्णपाठ) 

काठमाडौं, असार १ : प्रदेश १ सरकारले आउँदो आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड १४ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब ८२ लाख र ससर्त अनुदानबाट आठ अर्ब ६९ करोड बजेट प्राप्त हुने अनुमान छ ।

प्रदेश १ सरकारले कृषि क्षेत्रमा दुई अर्ब ५९ करोड २३ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ भने पर्यटन प्रवर्द्धनका लागि एक अर्ब १३ करोड ५७ लाख रुपैयाँ विनियोजन गरेको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ९० करोड रुपैयाँ विनियोजन भएको छ ।

प्रदेश १ सरकारले कृषि क्षेत्रका लागि २ अर्ब ५९ करोड २३ लाख बजेट विनियोजन गरेको छ । 

प्रकाशित मिति: १९:१० बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्