Kathmandu Press

तीन वर्षमा परिवार नियोजन कार्यक्रममा ५० करोड अमेरिकन सहयोग वृद्धि

काठमाडौं, कात्तिक २० : नेपालस्थित अमेरिकन मिसनले विगत तीन बर्षमा परिवार नियोजन सम्वन्धी कार्यक्रममा मात्रै ५० लाख अमेरिकी डलर (करिव ५० करोड रुपैया) सह....

तीन वर्षमा परिवार नियोजन कार्यक्रममा ५० करोड अमेरिकन सहयोग वृद्धि

काठमाडौं, कात्तिक २० : नेपालस्थित अमेरिकन मिसनले विगत तीन बर्षमा परिवार नियोजन सम्वन्धी कार्यक्रममा मात्रै ५० लाख अमेरिकी डलर (करिव ५० करोड रुपैया) सहयोग बृद्धि गरेको जनाएको छ।

नेपालस्थित अमेरिकन दुतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा केही संचार माध्याममा प्रजनन स्वास्थ्य सम्वन्धी कार्यक्रमकाबारेमा गलत चित्रण भएको उल्लेख गर्दै नेपालका लागि अमेरिकन सहयोग १ डलर पनि नघटेका स्पष्ट गरेको छ। ‘हालै प्रजनन स्वास्थ्यसम्बन्धी हाम्रा कार्यक्रम बारे सञ्‍चारमाध्यममा गलत चित्रण भएको छ र गलत सूचना प्रवाह भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘ नेपालका स्वास्थ्य तथा परिवार नियोजनसम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने हाम्रो प्रतिबद्धता आज पनि उत्तिकै बलियो छ । हामीले नेपालको लागि आफ्नो आर्थिक सहयोग एक डलर पनि घटाएका छैनौँ।’

नेपालस्थित अमेरिकी मिसनले सन् १९५० को दशकदेखि नेपालको स्वास्थ्य क्षेत्रमा साझेदारी र कार्यक्रम सञ्‍चालन गर्दै आएको छ । बिज्ञप्तिमा भनिएको छ, ‘यस क्षेत्रमा आफ्नो लामो इतिहासप्रति हामीलाई गर्व छ । खास गरी अमेरिका नेपाली महिला र बालबालिकाको स्वास्थ्य विकासमा सहयोग गर्न प्रतिबद्ध छ।’ 

अमेरिकन मिसनले परिवार नियोजनका लागि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को आर्थिक सहयोग विगत तीन वर्षमा एक करोड २० लाख डलरबाट वृद्धि भई लगभग एक करोड ७० लाख डलर पुगेको पनि जनाएको छ। 

युएसएआईडीको सहायतामार्फत नेपाल सरकारलाई प्रजनन स्वास्थ्य सेवालाई नेपालभर संस्थागत गर्न र स्थानीय स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्न सहयोग पुगेको बिज्ञप्तिमा उल्लेख गरिएको छ। ‘सरकारद्वारा प्रदान गरिएको निशुल्क जनसेवालाई नेपाली निजी क्षेत्रद्वारा प्रदान गरिने सेवाले थप सहयोग पुर्‍याएको छ’ बिज्ञप्तिमा भनिएको छ, ‘स्पष्‍ट शब्दमा भन्नुपर्दा महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउनका लागि नेपालसँग साझेदारी गर्ने हाम्रो प्रतिबद्धतामा परिवर्तन भएको छैन । आउँदा पुस्ताका नेपालीहरू अझै स्वस्थ रहून् भन्ने कुरा सुनिश्‍चित गर्नका लागि स्वास्थ्य क्षेत्रमा हामी आफ्नो लक्षित लगानीलाई निरन्तरता दिइरहनेछौँ ।’

प्रकाशित मिति: १३:४७ बजे, बुधबार, कात्तिक २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्