Kathmandu Press

प्रदेश खारेजीलगायत माग राख्दै राप्रपाले प्रधानमन्त्रीलाई बुझायाे ज्ञापनपत्र

काठमाडाैं, असार १ : मुलुकको शासकीय प्रणाली परिवर्तन र प्रदेश खारेजीलगायत माग राख्दै राप्रपाले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ।बुधबार राप्रपा...
प्रदेश खारेजीलगायत माग राख्दै राप्रपाले प्रधानमन्त्रीलाई बुझायाे ज्ञापनपत्र

काठमाडाैं, असार १ : मुलुकको शासकीय प्रणाली परिवर्तन र प्रदेश खारेजीलगायत माग राख्दै राप्रपाले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ।

बुधबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले बालुवाटारमा विभिन्न २२ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको हो।

राप्रपा अध्यक्ष लिङ्देनले आफुहरुको अल्पकालीन दिर्घकालिन माग समेटिएको पत्र प्रधानमन्त्रीलाई बुझाइएको बताए। उनले राजसंस्था, हिन्दुराष्ट्र, शासकिय प्रणाली परिवर्तन, तीन तहको सरकार मध्ये प्रदेश खारेज गरेर दुई तहको सरकार मात्र राख्नुपर्ने लगाएतका माग पेश गरिएको जानकारी दिए।

किसानलाई तत्काल मल, बीउ उपलव्ध गराउन, महँगी तथा कालोबजारी नियन्त्रण गर्न, सम्पती छानबिन गर्न पनि माग गरेको उहाले बताए।

यसअघि बुधबार नै राप्रपाले ७७ जिल्ला प्रशासन कार्यालयबाट पनि प्रमुख जिल्ला अधिकारीहरूमार्फत पनि प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको छ। 

प्रकाशित मिति: १८:३२ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्