अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना उद्धारको पूर्वअभ्यास
काठमाडाैं, असार १ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विमान दुर्घटना उद्धारको पूर्वअभ्यास गरिएको छ।सो क्रममा विमानस्थल कार्यालयले डमी विमानमा आगो लगाएर त्यहाँ रहेका...
काठमाडाैं, असार १ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विमान दुर्घटना उद्धारको पूर्वअभ्यास गरिएको छ।
सो क्रममा विमानस्थल कार्यालयले डमी विमानमा आगो लगाएर त्यहाँ रहेका यात्रुलाई सकुशल उद्धार गर्ने प्रयास गरेको थियो।
आपत्कालीन अवस्थामा आउने सबै कामका लागि आफ्नो संयन्त्र तयारी अवस्थामा रहेको सन्देश दिन उक्त अभ्यास गरिएको विमानस्थलले जनाएको छ।
पूर्वअभ्यासका क्रमका काल्पनीक रुपमा बिमान दुर्घटना र उद्दार लगाएतको डेमो गरिएको थियो। सो क्रममा तत्कालै दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेर घाइतेहरुको उद्दार समेत गरिएको थियो।
उद्धार, उपचार र व्यवस्थापनमा सुरक्षाकर्मी परिचालन भएका थिए। पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले दुर्घटनाको पूर्वतयारी र साधन स्रोतका साथै जनशक्तिको बिकासका लागि अभ्यास गरिएको जानकारी दिए।
आइकाओको नियमअनुसार प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलले यस खालको अभ्यास गर्नुपर्छ।

















