मगर समुदायले यसरी मनाए भूम्या पर्व
काठमाडाैं, असार १ : रोल्पा र रुकुममा मगर समुदायले मनाउने भूम्या पर्व बुधबार काठमाडौंमा पनि मनाइएको छ।नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा बुधबार...
काठमाडाैं, असार १ : रोल्पा र रुकुममा मगर समुदायले मनाउने भूम्या पर्व बुधबार काठमाडौंमा पनि मनाइएको छ।
नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा बुधबार काठमाडौंको खुल्लामञ्चमा भूमे÷भूम्या पर्व मनाइएको हो।
त्यस अवसरमा उनीहरुले आफ्नो संस्कृति झल्कने खालका भेषभूषासहितको नाचगान गरेका थिए। उनीहरुले एकआपसमा सुःख, शान्ति र समृद्धिको शुभकामना पनि साटासाट गरेका छन्।
कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले १८ मगरात क्षेत्रमा बसोबास गर्नेहरुले भूमि पूजा गरेर मनाउने भूम्या पर्व सवैतिर फैलिएको बताए।
पुनले ऐतिहासिक संस्कृतिले मुलुकको पहिचान झल्काउने भएकाले सवै यसको संरक्षण गर्नुपर्नेमा जोड दिए।
यस पर्वको विशेष महत्व भनेको आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गरेर मातृभूमिप्रति श्रद्वा र आदर प्रकट गर्नु हो।
मगर समूदायले यस पर्वलाई दैवी विपत्तिबाट जोगिनका लागि गरिने उत्सवको रुपमा पनि लिने गर्दछन्।

















