नेपालको पर्यटन क्षेत्र पनि आशालाग्दो : मन्त्री आले
काठमाडाैं, असार १ : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले नेपालको पर्यटन क्षेत्र पनि आशालाग्दो देखिएको बताएका छन्।प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा...
काठमाडाैं, असार १ : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले नेपालको पर्यटन क्षेत्र पनि आशालाग्दो देखिएको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा आएका प्रश्नको जवाफ दिँदै मन्त्री ओलेले कोरोना भाइरसको सङ्क्रमणमा कमी आएसँगै नेपालको पर्यटन क्षेत्रमा केही सकारात्मक संकेत देखापरेको बताएका हुन्।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अवधि बढाएसँगै पर्यटकको आवतजावतमा थप सहज भएको दाबी गरे।
पर्यटकिय क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले यस क्षेत्रलाई आवश्यक सहुलियतको व्यवस्था गरेको उनले बताए। उनले हवाई क्षेत्रलाई सुरक्षित, विश्वसनीय र भरपर्दो बनाउन मन्त्रालय प्रतिबद्ध रहेको धारणा राखे।
त्यस्तै आफ्नो मन्त्रालयमाथि उठेका जिज्ञासाको जवाफ दिँदै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ठुला सहरहरुमा फोहरमैला व्यवस्थापन समस्याका रुपमा रहेको बताए।
व्यक्तिले फोहर गरेपछि त्यसको विसर्जन पनि सम्बन्धितकै पैसाबाट गर्ने भएपछि स्रोतमा वर्गीकरण हुने उनले बताए। बञ्चरेडाँडामा सिसडोलको समस्या दोहोरिन नदिने गरी विसर्जन गरिने मन्त्री झाँक्रीले बताए।
आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि काठमाडौं उपत्यकामा स्याटेलाइट सिटी बनाउन तयारी अघि बढाएको उनले बताए। बाहिरी चक्रपथ बनाइने कुरा काममा परिणत हुन नसकेको उनको भनाइ थियो।
उनले सुरक्षित आवास र जनता आवास सशर्त कार्यक्रमका रुपमा प्रदेशमा गएको र त्यहाँको सञ्चित कोषमा रकम गएपछि कार्यक्रम सञ्चालन हुने धारणा राखे।











