Kathmandu Press

राज्यमन्त्री विमला वली प्रकरणबारे जवाफ माग्दै लुम्बिनी प्रदेश सभा अवरुद्ध

काठमाडौंं, असार १ : स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणबारे सरकारसँग जवाफ माग्दै एमालेले लुम्बिनी प्रदेशसभाको बैठकमा अवरोध गरेको छ। बुधबार बजेट प्रस्तुतका लागि बसेको...
राज्यमन्त्री विमला वली प्रकरणबारे जवाफ माग्दै लुम्बिनी प्रदेश सभा अवरुद्ध

काठमाडौंं, असार १ : स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणबारे सरकारसँग जवाफ माग्दै एमालेले लुम्बिनी प्रदेशसभाको बैठकमा अवरोध गरेको छ। बुधबार बजेट प्रस्तुतका लागि बसेको प्रदेशसभाको बैठकमा विमला वलीबारे जवाफ माग्दै एमालेले प्रदेशसभा अवरुद्ध पारेको हो। 

एमालेका प्रदेशसभा सांसदहरुले बिमला वली प्रकरणबारे प्रदेश सरकारले जवाफ नदिएसम्म बैठक चल्न नदिने घोषणा गरेपछि बैठक २५ मिनेटका लागि स्थगित भएको हो। 

नेकपा एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्रीले यसबारे जवाफ दिनुपर्ने माग राखेका थिए । एमालेको माग पश्चात सभामुख पूर्ण घर्तीले सरकारलाई जवाफ दिन निर्देशन दिँदै बैठक २५ मिनेटका लागि स्थगित गरेका छन्।   

नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले सरकारको जवाफ नआएसम्म वैठक चल्न नदिने निर्णय गरेको थियो ।

मंगलबार राज्यमन्त्री वलीले दाङ तुल्सीपुरस्थित एकराज बस्नेतको घरमा गई उनकी श्रीमती मीना भण्डारी बस्नेत र छोरीलाई कुटपिट गरेकी थिइन् । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको भएपनि मुख्यमन्त्री कुलप्रसाद केसीको दबाबमा उनलाई छुटाइएको एमालेको आरोप छ। 

राज्यमन्त्री वलीलाई दाङबाट रातारता बुटवल पुर्याइएको थियो। प्रहरीले उजुरीका आधारमा घटनाबारे अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १७:१३ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्