Kathmandu Press

एसपिपी नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत : महासचिव पाेखरेल

काठमाडाैं, असार १ : एमाले महासचिव शंकर पोखरेलले स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) नेपालको असंलग्न परराष्ट्र नीति विपरित रहेको बताएका छन्।बुधबार प्रेस चौतारी नेपाल...
एसपिपी नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत : महासचिव पाेखरेल

काठमाडाैं, असार १ : एमाले महासचिव शंकर पोखरेलले स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) नेपालको असंलग्न परराष्ट्र नीति विपरित रहेको बताएका छन्।

बुधबार प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत अमेरिकी सैन्य रणनीतिमा देशलाई लैजाने गलत काम हुन लागेको भन्दै कुनैपनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले नरहेको बताएका हून्।

नेपाली सेनाको सहकार्यको बहाना बनाएर कुनै पनि देशको सैन्य हस्तक्षेप स्वीकार्य नहुने उहाको भनाइ छ। त्यस्तै उनले नीतिगत अस्थिरता र वैदेशिक चलखेललाई आमन्त्रण गर्ने गठबन्धनको रणनीति भएको आरोप लगाए।

गठबन्धन सत्ताको स्वार्थको विषय बन्न सक्ने तर देश बिकासको विषय बन्न नसक्ने एमालेको मान्यता रहेको उनले बताए।

उनले एमालेको नेतृत्वमा नै मुलुकको विकास हुने भएकाले पार्टीलाई बलियो बनाउदै अघि बढ्ने तर्क गरे।

प्रकाशित मिति: १६:४३ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्