Kathmandu Press

मृत्यु बिमाको प्रस्ताव सकारात्मक : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडाैं, असार १ : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु बिमाको प्रस्ताव सकारात्मक रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नकोउत्तर दिँदै...
मृत्यु बिमाको प्रस्ताव सकारात्मक : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडाैं, असार १ : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु बिमाको प्रस्ताव सकारात्मक रहेको बताएका छन्। 

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नकोउत्तर दिँदै उनले मृत्यु बिमा नयाँ तर गम्भीर विषय भएकाले छलफल हुनु आवश्यक हुने बताए।

एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले मृत्यु बिमाको कार्यक्रम ल्याउन संसदमा माग गरेका थिए। 

तामाङको प्रश्नमा उत्तर दिँदै मन्त्री खतिवडाले मृत्यु बिमा नयाँ विषय भए पनि गम्भीर रहेकाले छलफल गर्न उचित हुने बताए।  ‘माननीयज्यूले मृत्यु बिमाको कुरा उठाउनुभयो। मैले चाख मानेर सुनेँ। विषय नयाँ हो। विश्वमा अन्त प्रचलन छ कि छैन र नयाँ प्रचलन सुरु गर्न के गर्नुपर्छ भनेर बहस गरे राम्रै हुन्छ।’

मृत्युपछि लास उठाउन नसकेर आफन्तको रुवाबासी भएको आफूले पनि देखेको उल्लेख गर्दै उनले त्यसबारे थप छलफल गर्नुपर्ने बताए। ‘मृत्यु बीमा गर्दा अस्पतालले नमरेको 
मान्छे  मारिदिने हो कि भन्ने जस्ता अनेकौं कुतर्क हुन सक्ने तर पनि बहस गर्नु आवश्यक रहेको उनको भनाइ थियो।
 
सांसद तामाङले मृत्युको बिमा गर्ने कार्यक्रमले गरिब तथा असहायका लागि अस्पतालमा उपचार गर्दाको खर्च बेर्होर्न सकिने उनको तर्क थियो। आइतबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफलमा पनि तामाङले मृत्यु बिमाबारे कुरा उठाएका थिए।

प्रकाशित मिति: १६:३७ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्