गेस्ट हाउसको छत भत्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते
बर्दिया, कात्तिक २० : गुलरिया नगरपालिका–६ स्थित दुर्गा गेस्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
निर....

बर्दिया, कात्तिक २० : गुलरिया नगरपालिका–६ स्थित दुर्गा गेस्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
निर्माणाधीन गेस्ट गाउसको छत भत्किँदा ६० वर्षीय भवि पौडेलको मृत्यु भएको हो। उनी गेस्ट हाउसका मालिक हुन्।
त्यस्तै, बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारु र १४ वर्षीय नवराज चौधरी घाइते भएका छन्। उनीहरु गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाको छ।
घाइते दुवै जनालाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए।
गुलरिया बजार क्षेत्रमा सडक विस्तारको क्रममा सडक क्षेत्र मिचेर बनाएका घर आंशिकरुपमा भत्काइएका छन्। यसरी भत्काइएका घरको पुनःनिर्माण गर्दा छत भत्किँएको हो।











