Kathmandu Press

राज्यमन्त्री वलीकाे घटनाबारे छानबिन गर्न जाँचबुझ समिति

काठमाडाैं, असार १ : लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीको घटनाको विषयमा छानबिन गर्न समिति बनाइएको छ।आज बसेको प्रदेश...
राज्यमन्त्री वलीकाे घटनाबारे छानबिन गर्न जाँचबुझ समिति

काठमाडाैं, असार १ : लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीको घटनाको विषयमा छानबिन गर्न समिति बनाइएको छ।

आज बसेको प्रदेश मन्त्रिपरिषद बैठकले राज्यमन्त्री वलीको घटनाबारे सत्यतथ्य बुझ्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको हो।

समिति सदस्यमा महिला बालबालिका तथा कानुन मन्त्री रमा घर्तीमगर र मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदी छन्।

मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई उनकै घरभित्र पसेर अभद्र व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

तुलसीपुरका एकराज बस्नेतको घरभित्रै पसेर बस्नेतकी पत्नी र छोरीमाथि हातपात गरेको आरोप आरोपमा राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: १६:०७ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्