Kathmandu Press

बजेट कटौती गरेको भन्दै अर्थमन्त्री शर्माप्रति पर्यटनमन्त्री आलेकाे गुनासाे

काठमाडौं‌, असार १ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति गुनासाे गरेका...
बजेट कटौती गरेको भन्दै अर्थमन्त्री शर्माप्रति पर्यटनमन्त्री आलेकाे गुनासाे

काठमाडौं‌, असार १ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति गुनासाे गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पटकपटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले उक्त बजेट कटौती गरिदिँदा कतिपय स्थानीय तहसँग गरेका साझेदारी कार्यक्रमसमेत कटौती गर्नुपर्ने अवस्था आएको बताए।  

उनले सम्पूर्ण बजेटको आकार ९.८ प्रतिशत बढ्दा आफ्नो मन्त्रालयको बजेटमा भने भारी कटौती भएकै कारण पर्यटक भित्र्याउने कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताए। 

बजेटको आकार ९ दशमलव ८ प्रतिशत बढे पनि आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएको र यसैकारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरूलाई निरन्तरता दिन नसकिएको आलेले स्पष्ट पारे। 

‘अर्थ मन्त्रालयले बजेट कटौती गरेका कारण माननीयज्यूहरुको निर्वाचन क्षेत्रमा रहेका आयोजनाहरूलाई निरन्तरता दिन सकिएन,’ उनले भने।

मन्त्री आलेले ६ महिनाभित्र पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि बताए। 

प्रकाशित मिति: १५:४७ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्