आयोजना छनोटको मापदण्ड परिवर्तन गर्नुपर्ने मन्त्री झाँक्रीकाे भनाइ
काठमाडौं, असार १ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सन्तुलित ढंगले विकास खर्च गर्न आयोजना छनोटको मापदण्ड परिवर्तन गर्नुपर्नेमा जो दिएकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा उठेका...
काठमाडौं, असार १ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सन्तुलित ढंगले विकास खर्च गर्न आयोजना छनोटको मापदण्ड परिवर्तन गर्नुपर्नेमा जोड दिएकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले मन्त्री झाँक्रीले आयोजना छनोटको मोडालिटी परिवर्तन नगर्ने हो भने प्रत्येक महिना १० प्रतिशत विकासमा खर्च गर्नुपर्ने व्यवस्था लागू नहुने बताइन्।
उनले आयोजना स्वचालित ढंगले छान्ने परम्पराको सुरुवात गर्ने प्रस्ताव राखिन्। ‘धेरै मान्यज्यूहरूले योजना छनोटमा हाम्रो हात भएन भन्दै गर्दा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनलाई एकचोटी हेरौँ आयोजना छान्ने अधिकार राजनीतिक व्यक्तित्वलाई नै दिइन्छ,’ उनले भनिन्, ‘योजना छनोटको कार्यविधि बने कन्ट्र्याक्टरले समयमा नै काम गरेन, महँगी बढ्यो भन्ने कुराको अन्त्य हुन्छ।’
उनले मन्त्रालयले गत मंसिरबाट आयोजना छनोटको मापदण्ड बनाएको जानकारी दिँदै भनिन्, ‘हामीले गत मंसिरबाट आयोजना छनोटको मापदण्ड पनि बनाएका थियौं, त्यसबाट बस्ती र आवास कार्यक्रमलाई व्यवस्थित बनाएका छौं। सघन सहरी कार्यक्रममा परिवर्तन ल्याउन खोजेका छौं।’











