Kathmandu Press

कालापानी क्षेत्रको भूभाग भारतमा गाभिनु स्वाधीनतामाथि अतिक्रमणः मोहन बैद्य

काठमाडौं, कात्तिक २० : नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन बैद्य ‘किरण’ले भारतले पहिलेदेखि नै अतिक्रमण गर्दै आएको नेपालको कालाप....

कालापानी क्षेत्रको भूभाग भारतमा गाभिनु स्वाधीनतामाथि अतिक्रमणः मोहन बैद्य
फाइल फोटो

काठमाडौं, कात्तिक २० : नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन बैद्य ‘किरण’ले भारतले पहिलेदेखि नै अतिक्रमण गर्दै आएको नेपालको कालापानी क्षेत्रको भूभागलाई नयाँ नक्सामा भारतमा गाभेकोप्रति विरोध जनाउँदै यसबारे तत्काल कूटनीतिक पहल अघि बढाउन सरकारसँग माग गरेको छ । 

महासचिव किरणले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारत सरकारद्वारा हालै सार्वजनिक गरिएको नयाँ नक्सामा पहिलेदेखि अतिक्रमण गर्दै आएको नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्नेे भूभागलाई भारतमा गाभिएको छ । यो नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमण हो ।’

सम्पूर्ण देशभक्त नेपाली जनसमुदाय विशेष संवेदनशील र गंभीर बन्न आह्वान गर्दै किरणले भनेका छन्, ‘हाम्रो पार्टी भारतीय विस्तारवादद्वारा यसरी नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमणको तीव्र विरोध तथा भत्र्सना गर्दछ । साथै, यसबारे आलटाल नगरी आवश्यक सत्यतथ्य प्रकाशमा ल्याई भारतको यस कदमको कडा विरोध गर्न, नेपालको सार्वभौमिताको पक्षमा दह्रोसंग उभिन र यसबारे तुरुन्तै आवश्यक कूटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसित जोडदार माग गर्दछ ।’

वक्तव्यमा किरणले भनेका छन्, ‘भारतीय विस्तारवादी अतिक्रमण तथा हस्तक्षेपको सशक्त विरोध गर्न सम्पूर्ण देशभक्त नेपाली जनसमुदायसित हार्दिक अनुरोध गर्दछ ।’

प्रकाशित मिति: ११:४७ बजे, बुधबार, कात्तिक २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्