दार्चुलामा जीप दुर्घटना, १२ यात्रु घाइते
दार्चुला, कात्तिक २० : दार्चुलामा मेलाबाट फर्केका स्थानीय वासिन्दा चढेको जीप दुर्घटना भएको छ। दुर्घटनामा १२ यात्रु घाइते भएका छन्।
आज बिहान ....

दार्चुला, कात्तिक २० : दार्चुलामा मेलाबाट फर्केका स्थानीय वासिन्दा चढेको जीप दुर्घटना भएको छ। दुर्घटनामा १२ यात्रु घाइते भएका छन्।
आज बिहान शैल्यशिखर नगरपालिका–६ चौतलीचौरमा से १ ज ११३१ नम्बरको जीप दुर्घटना भएको हो। लेकम गाउँपालिकाको रिठाचौपातास्थित लटिनाथ मन्दिरमा लागेको मेलाबाट फर्केका स्थानीय वासिन्दा दुर्घटनामा परेका हुन्।
मालिकार्जुन प्रहरी चौकीका अनुसार, दुर्घटनामा मालिकार्जुन गाउँपालिका–२ भगवतीकी २० वर्षीया कलसी धामी, १८ वर्षीय हरिश सिंह धामी, १९ वर्षीय नरेश सिंह धामी, १८ वर्षीय रमेश सिंह धामी, २६ वर्षीया तुलसी धामी, २० वर्षीय खेम सिंह धामी, १८ वर्षीय पुष्कर सिंह धामी, ३० वर्षीय दान सिंह धामी, २० वर्षीय लोकेश सिंह धामी घाइते भएका छन्।
त्यस्तै, मालिकार्जुन–३ बसेडीकी ३० वर्षीया कमलादेवी धामी, १७ वर्षीया मिना धामी र४६ वर्षीय पदमसिंह धामी सामान्य घाइते भएका प्रहरीले जनाएको छ। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।











