Kathmandu Press

कांग्रेसले सरकारलाई भन्यो- लिपुलेकबारे आधिकारीक धारणा सार्वजनिक गर

काठमाडौं, कात्तिक १९ :  कांग्रेसले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी र लिपुलेक भारतीय भूमिमा राखेको विषयमा सरकारको स्पष्ट धारणा म....

कांग्रेसले सरकारलाई भन्यो- लिपुलेकबारे आधिकारीक धारणा सार्वजनिक गर

काठमाडौं, कात्तिक १९ :  कांग्रेसले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी र लिपुलेक भारतीय भूमिमा राखेको विषयमा सरकारको स्पष्ट धारणा माग गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजाल मार्फत प्रधानमन्त्री केपी ओलीलाई उक्त विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन्। 'सम्माननिय प्रधानमन्त्री कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्। नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् । नेपाली माटोकाबारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ', शर्माले भनेका छन्।

प्रकाशित मिति: २२:०८ बजे, मंगलबार, कात्तिक १९, २०७६